उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले एक फरार प्रतिवादी पक्राउ गरेको छ ।
फैसला भई कैद तथा जरिवाना असुल उपर गर्नु पर्ने फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत पक्राउ गरेको हो । २०७१ बैशाख १७ गतेको पुनराबेदन अदालत राजबिराज सप्तरीको फैसला अनुसार गर्भपतन मुद्दामा २ बर्ष ११ महिना १० दिन कैद तोकिएकोमा हालसम्म फरार रहेका फरार प्रतिवादी जिल्ला उदयपुर चौदण्डिगढी न.पा.१० बस्ने बर्ष ७४ को लट्टे भन्ने जगत बहादुर बुढाथोकीलाई त्रियुगा नगरपालिका मोतिगडा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिनुभयो ।
उहाँका अनुसार लुकीछिपि बसिरहेको अवस्थामा बुढाथोकीलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत उदयपुरमा पठाईएको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति:
शुक्रबार, पुस ८, २०७९, १५:५४:००