काठमाडौं । एसिया सेभेन्स रग्बी महिला तथा पुरुष प्रतियोगिताको लागि १८ वर्षमुनीका खेलाडीहरु सिफारिस गर्न अनुरोध गरिएको छ । सोमबार नेपाल रग्बी संघका महाप्रबन्धक विजय खड्काले एक पत्र जारी गर्दै रग्बी प्रदेश संघलाई अनुरोध गरेका हुन् ।
‘उपरोक्त सम्बन्धमा आगामी मंसिर २४ र २५ गते नेपाल रग्बी संघको आयोजनामा त्रिपुरेश्वर स्थित दशरथ रंगशाखामा युथ १८ एसिया सेभेन्स रग्बी महिला तथा पुरुष प्रतियोगिता २०७९ सञ्चालन हुने जानकारी गराउन चाहान्छौँ ।’ उक्त पत्रमा भनिएको छ, ।
उक्त प्रतियोगितामा राष्ट्रिय युथ १८ महिला तथा पुरुष खेलाडीहरु छनोटको लागि २०६१ साल मंसिर २३ गतेपछि र २०६२ मंसिर २३ गते अघि जन्मिएका उत्कृष्ट खेलाडीहरुलाई मिति २०७९ साल कात्र्तिक ८ गतेसम्म सिफारिस गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।’ उक्त पत्रमा भनिएको छ ।

प्रकाशित मिति:
सोमबार, कात्तिक ७, २०७९, १७:१२:००