कटारी । अध्ययन गर्ने बानीको विकास गर्न उदयपुरको कटारी नगरपालिकाकाले कार्यालयमै पुस्ताकालय स्थापना गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल किरातीको पहलमा कार्यालयमा आउने सेवाग्राहीमा अध्ययनको विकास गर्नको लागि कार्यालयमै पुस्तकालय स्थापना गरिएको हो ।
कार्यालयमा आउने सेवाग्रही तथा अन्य नागरिककलाई अध्ययन गर्ने बानिको विकास गर्न नगरपालिकाको कार्यालयभित्रै पुस्तकालयको व्यवस्थापन गरिएको उहाँको भनाइ छ । ‘अहिले सामान्य सुरुवात गरेका छौं’ उहाँले भन्नुभयो, ‘सवैले सकारात्मक लिनुभएको छ यसलाई थप विकसित बनाउँदै लैजान्छौं ।’
कार्यालयका कर्मचारी तथा अन्य ईच्छुकहरुले पनि पुस्तकालयबाट पुस्तकहरु लगेर पढ्ने अवसरको विकास गर्ने पनि अधिकृत किरातीले बताउनुभयो । अहिले पुस्तकालयलाई कसरी संञ्चालन गर्ने भनेर नियम बनाउँदै छौं ।
पुस्तकालयमा सवै विधाका पुस्तकहरु राखिनेछ । कामसँगै अध्ययनले समेत महत्व राख्ने भएकाले कर्मचारी लगायत सवैको ध्यान जाने नगरमै पुस्तकालयको सुरुवात गरिएको हो ।
महत्वपूर्ण पुस्तकहरु सवैले अध्ययन गर्न सक्ने वातावरण बनाउन लागि परेको किरातीले बताउनुभयो । पुस्तकालयमा अन्य सवैले पुस्तक संकलन गर्न सकिने व्यवस्था गरिएको छ ।
प्रकाशित मिति:
मंगलबार, असार २८, २०७९, १९:२६:००