बेल्टार । बिहीबार बेलुका साढे ७ बजे ईलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी निरिक्षक डम्बर विश्वकर्माको कमाण्डमा खटिएको प्रहरी टोलीले चौदण्डीगढी-६ बेल्टारका २९ वर्षीय अनिष काफ्ले र २५ बर्षीय कालु राई पक्राउ गरेको हो ।
चौदण्डीगढी नगरपालिका-६ रातमाटे स्थितमा प्रदेश १-०५-००१ प १४०७ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा काफ्ले र राई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मोटरसाईकलमा सवार रहेका उनीहरुको साथबाट फेनारागन २८ एम्पुल, लिजेसिक २८ एम्पुल र डाईजेपाम २९ एम्पुल बरामद गरेको हो ।
यसै गरी मोरङको बिराटनगर महानगरपालिका-१७ मटेरुवा स्थितमा अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको BR 38 V 3251 नम्बरको मोटरसाईकलमा सवार रहेका भारत अररिया सोनामनीका कन्हैया कुमार ठाकुर र बिकाश ठाकुरलाई ३.०६ ग्राम प्रतिबन्धित ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका चारै जनाको थप अनुसन्धान भईरहेको छ ।
प्रकाशित मिति:
शुक्रबार, असार ३, २०७९, १७:२१:००