रौतामाई । उदयपुरको रौतामाई गाउँपालिका–७ शिवालय टोलमा निर्माणधिन अवस्थामा रहेको गिता भवनको निर्माण कार्य समयमै सम्पन्न गर्न प्रदेश १ का सांसद नारायण बुर्जामगरले निर्देशन दिनु भएको छ ।
सोही क्षेत्रका प्रदेश १ सभाका सदस्य समेतरहनु भएका मगरले निर्माणधीन भवनको अनुगमन गर्दै निर्देशन दिनु भएको हो । उक्त भवन उहाँकै पहलमा बन्न सुरु गरेको थियो । उहाँले भन्नुभयो, ‘यस क्षेत्रका गिता पाठ गर्नेहरुको लागि अतिआवश्यक रहेको महशुस गरे पर्यटन मन्त्रालयको पाँच लाखबाट काम सुरु गरेका हौँ । यही असारमा यो भवनको काम सक्नु पर्ने सम्झौता छ । तर, काममा केही ढिला भएकाले छिटो गर्न निर्देशन गरेको छु ।’
भवनको शौचालय लगायतको काम जारी रहेको छ । उक्त भवनको निर्माण कार्य सम्पन्न भएपछि गिता पाठ गर्नेहरुको लागि राहत हुने बताइएको छ ।
प्रकाशित मिति:
शुक्रबार, असार ३, २०७९, १७:१४:००