विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक बर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।
प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङबोले बुधबारको प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।
प्रदेश १ सरकारले बुधबार दिउँसो २ बजे बजेट सार्वजनिक गर्ने तय गरेपनि सर्भरमा खराबी आएपछि दुई घन्टा ढिलो गरी बजेट प्रदेश सभामा प्रस्तुत भएको थियो ।
चालु वर्षमा प्रदेश १ सरकारले ३४ अर्ब ५४करोड १३ लाखको बजेट ल्याएको थियो ।
बजेटकाे पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहाेला ।
प्रकाशित मिति:
बुधबार, असार १, २०७९, १९:०७:००