उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरको नवनिर्मित भवनको निर्माण कार्य सम्पन्न भएको छ । दुई बर्ष अघि निर्माण सुरु गरिएको भवन निर्माण सुरु गरिएको समयमै निर्माण सम्पन्न भएको हो ।
नौँ करोड ३२ लाख ४६ हजार आठ सय एक रुपैँया ४५ पैसाको लागतमा निर्माण गरिएको भवन भुकम्प प्रतिरोधी तथा अपाङ्गमैत्री रहेको छ । व्यारेक, हिरासत, स्टोर, इन्चार्ज र सिनियर अफिसर क्वाटर, नागरिक सहायता कक्षको लागि छुट्टा छुट्टै भवन र तीन तले प्रशासनिक भवन निर्माणको जिम्मेवारी आषिस÷आर्शिवाद जेवि उदयपुरले जिम्मा लिएको थियो । नयाँ भवनमा पहिलो वाल न्यायिक हिरासतको व्यवस्था गरिएको छ । भने महिला र पुरुषलाई छुट्टा छुट्टै एटेज शैचालय सहितको न्यायिक हिरासत रहेको छ ।
जिल्ला भर रहेका ३८ वटा प्रहरी युनिट मध्ये देशमा शान्ति स्थापना भएपश्चात १० वटा भवनको पुर्ननिर्माण सम्पन्न भएको न भने दुई निर्माणाधिन अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
नवर्निमित भवनको साेमबार एक समारोह विच समारोह विच प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले उद्घाटन गर्नु भएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै महानिरिक्षक क्षेत्रीले शान्ति सुरक्षा र अपराध नियन्त्रण गर्न नेपाल प्रहरी अझ चनाखो हुनु पर्नेमा जोड दिनु भयो । उहाँले प्रहरीको पेशा नै सेवा गर्ने भएकाले सेवा सुविधा र रासनले सेवाको भावनालाई संकुचन गर्न नहुने बताउनु भयो ।
कार्यक्रममा त्रियुगा नगरपालिका मेयर बलदेव चौधरी उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादव, १ नम्बर प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक अरुण कुमार विसी लगाएतको उपस्थिती रहेको थियो । भौतिक सुविधाको अभावको कारण जिर्ण भवनबाट सेवा प्रदान गर्दै आएको उदयपुर प्रहरीले नयाँ भवन पाए सँगै गुणस्तरीय सेवा प्रवाहमा बृद्धि हुने अपेक्षा सेवाग्राहीले राखेका छन ।
प्रकाशित मिति:
सोमबार, फागुन ३०, २०७८, १९:४५:००