उदयपुर । उदयपुरमा जिल्ला स्तरीय शारीरीक सुगठन च्याम्पियनसिप आगामी फागुन १४ गते हुने भएकाे छ । ईनर्जी फिटनेस क्लवको आयोजनामा गाईघाट स्थित टाउन होटलमा साे च्याम्पियनसिप हुने भएकाे हाे ।
आयाेजका अनुसार उदयपुरमा पहिलो पटक ठुलो राशी पुरस्कारसहित जिल्ला स्तरीय शारिरीक सुगठन च्याम्पियनसिप हुने भएको हाे । जसमा प्रथमलाई ५१ हजार, दोस्रोलाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार नगदसहित पुरस्कृत गर्ने बताइएको छ ।
ईनर्जी फिटनेस क्लवका अध्यक्ष तथा आयाेजक समितिका संयाेजक मनाेज कटुवालका अनुसार उक्त च्याम्पियनसिपमा २० जना भन्दा बढी पुरुष खेलाडीहरुको सहभागी हुने छ ।
च्याम्पियनसिपकाे खर्च करिब ६ लाख खर्च अनुमान गरिएकाे छ । कार्यक्रमको मुख्य प्रायोजक फिनिक्स डिष्टीलरी र रिलायबल फुड एण्ड बेभरेजले गरेको छ । उक्त प्रतियोगितामा खेलका लागि बाहिर बाट जर्ज ल्याउने जनाईको छ । खेलमा उदयपुर जिल्लाका खेलाडीहरुले मात्र भाग लिन पाउने आयोजकले जनाएको छ । खेलमा सहभागी हुन उदयपुरकै हुनु पर्ने र त्यस ठाउँ भित्रको पहिचान खुलाउने प्रमाण हुनु पर्ने छ । उक्त च्याम्पियनमा ७ ओटा इन्टरनेशनल पोजिसनहरु प्रदर्शन गर्नु पर्ने आयोजकले प्रष्टाएको छ ।
खेल क्षेत्रको विकास गर्न उदयपुर जिल्ला पनि अब्ल रहेको छ भन्ने सन्देश दिने उदेश्य सहित उक्त कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक तथा इनर्जी फिटनेस क्लवका अध्यक्षा कटुवालले जानकारी दिनुभएकाे छ ।
पहिलेको मानिसहरु काम गरेर आफ्नो शरिर स्वास्थय राख्थे र अहिले भने त्यस्ता कुनै कामहरु गर्न छाडेको अवस्थामा पछिल्लो समय मानिसहरु अल्छिपना हुनुका साथै रोगहरु बढेको भन्दै यसको न्युनिकरणमा समेत यस कार्यक्रमले सहयोग गर्ने कटुवालले बताउनुभयाे । खेलमा सहभागी हुन उदयपुरकै हुनु पर्ने र त्यस ठाउँ भित्रको पहिचान खुलाउने प्रमाण हुनु पर्ने छ । उक्त च्याम्पियनमा ७ ओटा इन्टरनेशनल पोजिसनहरु प्रदर्शन गर्नु पर्ने आयोजकले प्रष्टाएको छ ।
प्रकाशित मिति:
मंगलबार, फागुन १०, २०७८, ०८:५०:००