इटहरी । सुनसरीकाे इटहरीमा यहि माघ पहिलाे सातादेखि नगरपालिका गाेल्डकप २०७८ हुने भएकाे छ । शुक्रबार इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गाैतमकाे बाहुलीबाट शिल्ड अनावरण गर्दै आयाेजक एरिना टेलिभिजनले प्रतियोगिताबारे जानकारी दिएकाे हाे ।
काेभिड १९ का कारण थला परेकाे खेलक्षेत्र बिस्तारै तङ्ग्रिदै गरेकाे अवस्थामा खेलाडी र खेलक्षेत्रकाे बिकासमा थप सहयाेग गर्ने उदेश्यले प्रतियोगिताकाे आयाेजना गरिएकाे आयाेजक पक्षले बताएकाे छ । प्रतियोगिताबारे जानकारी दिदै एरिना टेलिभिजनका प्रबन्ध निर्देशक समीर कार्कीले यसअघि पनि टेलिभिजनले विभिन्न खेल र मनाेरञ्जनात्मक कार्यक्रम सम्पन्न गरिसकेकाे बताउदै त्यसैकाे निरन्तरता स्वरूप खेल बिकासका लागि प्रतियोगिता आयाेजना गरिएकाे बताउनुभयाे ।
त्यस्तै प्रतियोगिताकाे सफलताकाे शुभकामना दिदैँ इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गाैतमले नगरपालिका गाेल्डकपले नगरपालिकाहरूले खेलक्षेत्रमा गरेका कार्यहरूकाे मूल्यांकन समेत हुने बताउनुभयाे । उहाँले इटहरी उपमहानगरले प्रतियोगितामा सहभागीता जनाउने बताउदै सम्भव भएसम्म प्रदेश १ बाहिरका नगरपालिकाहरूलाई पनि प्रतियोगितामा समावेश गर्न सुझाव दिनुभयाे ।
हालसम्म प्रतियोगितामा ८ वटा नगर सहभागीताका लागि इच्छुक रहेकाे आयाेजक पक्षकाे भनाइ छ । इटहरी स्थित जनता मा.वि.काे खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताकाे विजेताले शिल्ड र नगद १ लाख ५० हजार रूपैयाँ र उपविजेताले नगद १ लाख रूपैयाँ प्राप्त गर्नेछन् ।
प्रकाशित मिति:
शुक्रबार, पुस ९, २०७८, १९:५४:००