उदयपुर । उदयपुरको भित्री मधेसमा पाकेका धान लहलह झुलेका छन् । भित्र्याउने समय भएकाले खेतका गह्रा तथा फाँटहरु पहेँलपुर भएका छन् । धान पाक्दा भित्री मधेस यतिबेला सिँगारिएको छ । यहाँका नेपालटार, रिस्कु, कटारी, गाईघाट, बेल्टारलगायतको क्षेत्र पहेँलपुर बनेका छन् ।
उदयपुरका कटारी, चौदण्डी, त्रियुगा, बेलका नगरपालिका र उदयपुरगढी गाउँपालिकाको अधिकांश भाग भित्री मधेसमा पर्दछन । सोही क्षेत्र अहिले धानको चमकले हेरिहुँजस्तै भएको छ । किसानहरु पाकेकाे धान थनक्याउने चटाराेमा छन् ।
प्रकाशित मिति:
बुधबार, कात्तिक १७, २०७८, १६:०७:००