उदयपुर । उदयपुरको उत्तरी पहाडबाट मज्जाले हिमश्रृङ्खलाको अवलोकन गर्न पाइन्छ । उदयपुरको उत्तरी भेगमा पर्ने लिम्चुङबुङ गाउँपालिबाट अहिले सेतै हिमाल देख्न थालिएको छ । वर्षा सकिएर लगतै आकाश खुल्न थालेसँगै हिमश्रृङ्खला देख्न थालिएको छ ।
लिम्चुङबुङबाट देखिने हरियाली वनजंगल र कुहिरोले घुम्टोभित्र रहेको सगरमाथाले जो कोहीको पनि मनै लोभ्याउँछ । लिम्चुङबुङको सबै भन्दा अग्लो डाँडामा एभ्रेष्ट भ्यु टावर निर्माणको प्रक्रियामा रहेको छ ।
जहाँबाट विश्वको सर्वोच शिखर सगरमाथा लगायत ८ वटा हिमाल अवलोकन गर्नुका साथै पुर्वको पशुपतिनाथ भनेर चिनिन्ने हलेशी महादेवको पनि नजिकैबाट दर्शन गर्न सकिन्छ । यतिबेला गर्मीको मौसम भएता पनि लिम्चुङबुङमा भने चिसो मौसम रहेको छ ।
प्रकाशित मिति:
मंगलबार, असोज १२, २०७८, १२:३५:००