उदयपुर । उदयपुरको बेलका नगरपालिका १ मा रहेको जनता बेलका माध्यामिक विद्यालयका ३० जना छात्राहरुलाई साइकल उपहार दिइएको छ । बेलका नगरपालिकाले सामाजिक सेवा दिवसको अवसरमा विद्यालय आउन जान सहज होस् भनि साईकल उपहार दिएको हो ।
छात्राहरुको शिक्षाप्रति आकर्षण बढाउन र अति विपन्नका परिवारका टाढाबाट पढ्न आउने छात्राहरुको समयको सदुप्रयोग गदै सहज बातावरण बनाउने उदेश्यका साथ छात्रालाई साईकल बितरण गरिएको बेलका नगरपालिकाका नगर प्रमुख दुर्गा कुमार थापाले बताउनु भयो ।
बेलका नगरपालिकाका सवै बिद्यालय छात्रामैत्री रहेको र प्राबिधिक शिक्षामा छात्रा छात्रलाई आकर्षण गर्न नगरपालिका भित्र इन्जिनियरिङ कक्षा सञ्चालन भैरहेको बताउँदै कृषि शिक्षा ल्याउने अन्तिम तयारी रहेको थापाले बताउनु भयो । त्यस्तै नगरका सबै माध्यमिक विद्यालयमा ईन्टरनेट, इ हाजिरी, सिसि क्यामरा जडान भैसकेको र माध्यामिक बिद्यालयमा पुस्तकालय स्थापना, बिज्ञान प्रयोगशाला स्थापना गरिसकेको तथा बिद्यालयलाई थप प्रबिधिमैत्री बनाउन नगरपालिका लागि परेको मेयर थापाको भनाइ छ ।
कार्यक्रममा नगर उप प्रमुख राज कुमारी चौधरीले विद्यालयलाई व्यवस्थित बनाउन र गुणस्तरीय शिक्षा प्रदान गर्न समाजका सबै पक्ष लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले किशोरीहरुलाई विविध समस्याका कारण विद्यालय आउन असहज परिस्थिति भएमा सबै पक्षको साथ सहयोगमा बिद्यालय आउने बाताबरण बनाउन सबै पक्षलाई अनुरोध गर्नु भयो ।
नगरले टाढा बाट आउने नगर भित्रका विभिन्न विद्यालयका छात्रालाई हाल सम्म २ सय ५५ थान साइकल बितरण गरिसकेको जानकारी दिएको छ ।
प्रकाशित मिति:
शुक्रबार, असोज ८, २०७८, १०:४६:००