काठमाडौं । नव नियुक्त परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगतै कार्यभार सम्हाल्नु भएको छ । नेपाली कांग्रेसका नेता समेत रहनु भएको खड्काले राष्ट्रपति निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीद्रारा मन्त्री पदको शपथ ग्रहण गरे लगतै कार्यभार सम्हाल्नु भएको हो ।
खड्कालाई मन्त्री पदमा नियुक्त गरेको थियो । उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का सांसद पनि हुनुहुन्छ । सत्तारुढ गठबन्धनले कांग्रेस नेता डा खड्कालाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बनाउन सहमति हिजो (मंगलबार) गरेको थियो । डा खड्का भूतपूर्व सहरी विकास मन्त्रीसमेत हुनुहुन्छ ।
र, याे पनि पढ्नुहाेस्
आज उदयपुरका सांसद तथा कांग्रेस नेता खड्का परराष्ट्रमन्त्रीको सपथ लिँदै
प्रकाशित मिति:
बुधबार, असोज ६, २०७८, १४:२६:००