बुटवल । बुटवल उप महानगरपालिकाका मेयर सुवेदीमाथि मुक्का प्रहार भएकाे छ । साेमबार बुटवलको ज्योतिनगरमा खसेको पहिरो अवलोकनका लागि पुग्नु भएका बुटवलका मेयर शिवराज सुवेदीमाथि स्थानीयले मुक्का प्रहार गरेका हुन् ।
आक्रोशित स्थानीय गणेश पंगेनीले सुवेदीमाथि मुक्का हानेकाे प्रहरीकाे भनाइ छ । पहिरो अवलोकनका लागि मेयर, नगर प्रहरी, नेपाल प्रहरीको टोली ज्योतिनगर पुगेको थियो ।
सो स्थानमा केही दिनअघि पहिरो खसेर घरमा क्षति पुगेको थियो । सोमबार पनि पहिरो खस्दा तीन घरमा क्षति पुगेको छ । केही दिनअघि वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए ।
स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै मेयरमाथि नै हात हालेका हुन् । आज बिहान सो क्षेत्रको अवलोकनमा गएका मेयर सुवेदीलाई एक स्थानीयले दौडेर आएर मुक्का हानेका हुन् ।
प्रकाशित मिति:
सोमबार, असोज ४, २०७८, १४:२४:००