उदयपुर । उदयपुरमा लिफ्ट मागेर गाडी चढी चालकलाई ढंगा प्रहरा गरेर १३ लाख ७७ हजार ८ सय ९५ रुपैयाँ लुट्ने एकजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको कटारी नगरपालिका वडा नम्बर ८ बर्मीस्थित जङगलमा लिफ्ट मागेको गाडी चालकलाई ढुंगाले हानेर बेहोस बनाई रकम लुटेको आरोपमा ५४ वर्षीय रमेशकुमार श्रेष्ठ पक्राउ परेका हुन् ।
ओखलढुंगाको चिसम्खुगढी गाउँपालिका वडा नम्बर ३ का श्रेष्ठलाई प्रहरीले लुटिएको नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले बताउनु भएको छ ।
डिएसपी गौतमका अनुसार पक्राउ परेका श्रेष्ठले गएको मंगलबार बेलुका ५ बजे कटारी–४ का २५ वर्षीय चालक प्रकाश श्रेष्ठले प्रदेश नं २–०१–००१ च ०३६९ नम्बरको जिप ओखलढुंङगा खाद्यन पुराई काटारीतर्फ आउँदै गर्दा लुटपाट गरेका थिए ।
पक्राउ परेका श्रेष्ठले आफू पनि ब्यापारी भएको र समान लिन कटारी जाने भनी प्रकाशले चलाएका गाडीमा लिफ्ट मागेर चढेका थिए ।
बर्मी जंगलमा पिसाब फेर्न बाहिर निस्किएका प्रकाशलाई रमेशले पछाडीबाट ढुंगाले गर्धनमा हानी बेहोस बनाई प्रकाशको साथमा रहेको रकम र मोबाइल लुटपाट गरी फरार भएका थिए । श्रेष्ठलाई प्रहरीले कटारी नगरपालिका ४ गबुवा जंगलबाट पक्राउ गरेको हो ।
प्रकाशित मिति:
बुधबार, भदौ २३, २०७८, २०:५१:००