एजेन्सी । भारतीय टिभीकी चर्चित अभिनेत्री श्वेता तिवारी अहिले सामाजिक सञ्जालमा फोटोको कारण चर्चामा रहेकी छिन् ।
सामाजिक सञ्जालमा सक्रिय हुने अभिनेत्री तिवारी प्राय आफ्नो फोटो र भिडियो सेयर गरिरहेकी हुन्छिन् । पछिल्लो पटक श्वेता नयाँ फोटोशूटका कारण चर्चामा आएकी छिन् ।
श्वेताको सौन्दर्यबाट उनको उमेर थाहा पाउन धेरै गाह्रो छ । यस्तो अवस्थामा श्वेताको पछिल्लो फोटोशुले उनलाई चर्चामा ल्याइदिएकाे छ । श्वेता तिवारीले सामाजिक सञ्जालमा ९१० वटा भिडियो तथा फोटो पोस्ट गरिसकेकी छिन् ।
श्वेताले भर्खरै सिल्वर गाउनमा आफ्ना केही फोटोहरु सेयर गरेकी छन् । ती फोटोहरु भाइरल भइरहेका छन् । फोटोमा श्वेता धेरै सुन्दर पनि देखिएकी छिन् ।
सामाजिक सञ्जालमा श्वेता चर्चामा आउनु यो पहिलो पटक होइन । यस भन्दा पहिले पनि श्वेता आफ्नो मनमोहक अभिनय र सुन्दर फाेटाे, भिडियाेबाट प्रशंसकहरुको मन जित्न सफल भइसकेकी छिन् ।



प्रकाशित मिति:
सोमबार, भदौ २१, २०७८, १३:३७:००