उदयपुर । उदयपुरमा झण्डै एकलाखको अवैध समानसहित दुई भारतीय नागरकि पक्राउ परेका छन् । सिरहाको लाहनबाट गाईघाटतर्फ आउँदै गरेको को १ ज ३४४१ नम्बरको वीङगरलाई चेकजाच गर्ने क्रममा भ्याट बिल नभएको अवैध समानसहित दुई भारतीय नागरिक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमका अनुसार गएको साउन २२ गते पक्राउ परेका हुन् । पक्राउ परेकाहरुको साथबाट विभिन्न सामानहरु बरामद भएको गौतमले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार उदयपुर त्रियुगा नगरपालिका ६ को लालपत्ताबाट पक्राउ परेका उनिहरुको साथबाट भ्याट बिल नभएको चाईनिज मोबाईल ४३ थान, बुफर ६ थान, कुर्ता सुर्वाल ४७ थान, लेडिज ब्याग २१ थान, लेडिज पर्स ९ थान गरी जम्मा अन्दाजि मुल्य ९९ हजार २३७ समान बरामद गरिएको उहाँले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार सामानका धनी बताउने भारतको सितामणी बस्ने बर्ष ३५को रामेश्वर सहनी, भारत सितामणी बस्ने बर्ष ३२ को रमेश सहनि पक्राउ परेका छन् । पक्राउ परेका दुबैलाई आवश्यक कारबाहीको लागि कर दाता सेवा कार्यालय कार्यालय पठाएको पनि गौतमले जानकारी दिनु भएको छ । पक्राउ परेका दुबैजना भारती नागरिक भएकाे पुष्टि भएकाे प्रहरीकाे भनाइ छ ।
प्रकाशित मिति:
आईतबार, साउन २४, २०७८, १८:२७:००