उदयपुर । उदयपुरमा लागुऔषध र उपद्रो मुद्दाका फरार प्रतिवादी पक्राउ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत विहीबार पाँच जना पक्राउ परेका हुन् ।
प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमका अनुसार जिल्ला अदालत उदयपुरबाट लागुऔषध गाँजा मुद्दामा २८ दिन कैद र दुई हजार जरिवाना फैसला भएका त्रियुगा नगरपालिका ८ चुहाडेका ६६ वर्षीय पुर्णबहादुर बिष्ट बेलका नगरपालिका ८ सेतिखोलाबाट पक्राउ परेका छन् ।
विष्टलाई जिल्ला अदालत पठाइएको छ । यसैगरी प्रहरी कार्यालय रामपुरठोक्सिलाले अपराधिक उपद्रो गरेको मुद्दाका चार जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा निम्न फरार प्रतिवादीहरुलाई उनिहरुको घरैबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला अदालत पठाइएको गौतमले बताउनु भएको छ ।
उहाँका अनुसार बेलका नगरपालिका ९ धौरी टोलका २७ वर्षीय मन कुमार राई, वडा नम्वर ३ जाल्पादेवी टोलका ३५ वर्षीय भिम बहादुर बस्नेत, २८ वर्षीय शंकर खत्री र २४ वर्षीय विनोद बस्नेत रहेको गौतमले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति:
शुक्रबार, साउन १५, २०७८, ०५:२०:००