उदयपुर । काठमाडौंमा माघ ७ गते बुधबार देखि सुरु राष्ट्रिय महिला फुटबल लिग अन्तरगत चौदण्डीगढी नगर महिला फुटवल टिम उदयपुरले आफ्नो पहिलो खेल नेपाल पुलिस महिला फुटबल क्लब सङ्ग खेल्ने भएको छ ।
भाेलि (शुक्रवार) काठमाडौं सातदोबाटो स्थित एन्फा खेलमैदानमा दिउँसो २ बजे नेपाल पुलिस क्लब सङ्ग पहिलो खेल खेल्ने भएको हो । चौदण्डीगढी महिला फुटबल टोलीलाई चौदण्डीगढी नगरपालिकाले बुधबार बिदाइ कार्यक्रम आयोजना गरि बिदाइ गरेको थियो । एक महिनासम्म बेल्टार स्थित खेलमैदानमा बन्द प्रशिक्षणमा राखिएको टोली माघ ५ गते सोमबार नै काठमाडौं जाने भनिए पनि दुई दिन पछि माघ ७ गते बुधबार राती काठमाडौं पुगेका हुन । चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राई र उपप्रमुख रिताकुमारी चौधरीले खेलाडीहरुलाई फुटबलका खेलकुद सामाग्री ट्रयाकसुट, जर्सी, फुटबल, पन्जा दिँदै दोसल्ला लगाइदिएर जित हासिल गरि गृह नगर फिर्ता हुन शुभकामना दिएका थिए ।
सो बिदाइ कार्यक्रममा चौदण्डीगढी नगरखेलकुद बिकास समितिका अध्यक्ष शशिचन्द्र राई, सचिब भास्कर चौधरी, सदस्य देबिराज राई, स्थानीय समाजसेबी राजेन्द्र पौडेल, ज्ञानेन्द्र प्रधान, बिदुर राई, एशब राई, केशब आले, दिपक राउत, चौदण्डीगढी नगर खेलकुद बिकास समितीका सल्लाहाकारहरु तस्बिरा तामाङ, राजेन्द्र बिद्रोही लगायतले सफलताको शुभकामना दिएका थिए ।
२०७७ पुस ३ गते देखि बन्द प्रशिक्षणमा रहेका २७ खेलाडी मध्ये २३ खेलाडी अन्तिम छनोटमा परेका छन । छनोट हुने २३ खेलाडिहरु देबिका श्रेष्ठ गोल्किप्पर बसाहा, युनिका चामलिङ राई कप्तान बसाहा, चोमोलोङमा राइ बसाहा, मनिका राई बसाहा, एल्जिना राई बसाहा, निता राई बसाहा, नमिता राई बसाहा, मनिता तामाङ्ग बसाहा, देबकला राई बसाहा,अन्जना तामाङ्ग बसाहा, सजना सुब्बा, बसाहा, पुर्णमाया राई (जीवन) रामपुर रहेका छन ।
त्यस्तै सरस्वती चौधरी गाईघाट, अमृता राइ देउरी , सबिता तामाङ नेपालटार, अन्जना थुलुङ राई धनकुट्टा, सुनिता घिसिङ तामाङ धनकुट्टा, सन्ध्या रम्तेल धनकुट्टा ,सुस्मिता राई धनकुट्टा, अनुशा थेवे ताप्लेजुङ्ग , सुमिका राई इलाम, सपना राई रामपुर र अस्मिता राई रामपुर रहेका छ्न ।
बन्द प्रशिक्षण मा रहेका २७ खेलाडी मध्ये सुमित्रा दाहाल, सम्झना राई, ममता राइ र लक्ष्मी राई अन्तिम २३ जना खेलाडी छनोट मा छानिन नसकी टिममा पर्न सकेनन । टिम को गोलकिप्परको जिम्मेवारी देबिका श्रेस्ठ, शुस्मिता राई र सजना सुब्बाले सम्हाल्ने छन भने स्ट्राइकरको जिम्मेवारी मनिता तामाङ्ग, सरस्वती चौधरी, सुनिता घिसिङ्गले सम्हाल्ने छ ।
हिजो बुधबार दशरथ रङ्गशाला काठमाडौंमा भएको उदघाटन खेलमा दुई बिभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब गोल रहित बराबरी खेल्दै एक÷एक अङ्क बाडेको छ । बिभागीय क्लबले कुनै एउटा टिमले जित हासिल गर्न नसक्दा दुबै टिमलाई ३ अङ्क बटुल्ने मौका गुमेको छ । आर्मी र पुलिस दुबै टिमले १÷१ अङ्क बाड्नु पर्दा अन्य टिमलाई फाइदा पुगेको छ भने यी दुबै टिमलाई बराबरी अङ्क बाड्दा १÷१ अङ्क भए पनि अर्को खेलमा पुनरागमन हुन थप सहयोग मिलेको छ ।
उदघाटन खेल दशरथ रंगशालामा भयो भने बाँकी सबै खेल एन्फाको आफ्नै खेलमैदान सातदोबाटो खेलमैदानमा हुनेछ । फाइनल खेल भने दशरथ रंगशाला मा नै हुनेछ । चौदण्डीगढीले दोस्रो खेल माघ ११ गते आइतबार चन्द्रपुर नगर महिला फुटबल क्लब रौतहट सङ्ग दिउँसो २ बजे खेल्नेछ ।
त्यस्तै तेस्रो खेल माघ १५ गते बिहिबार दिउँसो ११÷३० बजे वालिङ नगर महिला फुटबल स्याङ्जा सङ्ग खेल्नेछ भने चौथो खेल माघ १७ गते शनिबार दिउँसो ११÷३० बजे बिराटनगर महानगर महिला फुटबल टिम सङ्ग खेल्नेछ ।
पाचौं खेल सशस्त्र प्रहरी महिला फुटबल टिम सङ्ग माघ १९ गते सोमबार २ः३० बजे खेल्नेछ । त्यस्तै अन्तिम खेल माघ २१ गते बुधबार बिहान ११ः३० बजे त्रिभुवन आर्मी क्लब सङ्ग खेल्नेछ । डबल राउण्ड रोबिङ प्रक्रियामा खेलाइने खेलको बिजेता पहिलो हुने टिमले १५ लाख र ट्रफी जित्नेछ ।
उपबिजेता दोस्रो हुने टिमले ८ लाख, तेस्रो हुने टिमले ५ लाख र चौथो हुने टिमले ३ लाख नगद पुरस्कार पाउनेछ । प्रतियोगिता को सर्बोकृष्ट खेलाडिले एउटा स्कुटर पाउनेछ भने हरेक बिधागत मा उत्कृष्ट हुने खेलाडिहरुले जनही ५० हजार नगद पाउने आयोजक एन्फाले जनाएको छ ।